April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

लामिछानेमाथि छानबिन गर्न समिति नबने आगामी बैठक चल्न नदिने कांग्रेसको चेतावनी

1.3K

काठमाडौं । कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसद्को बैठक चल्न नदिने चेतावनी दिएको छ । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताएका हुन् ।

खतिवडाले भने, ‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन । त्यसैले हामीले भन्यौँ, उहाँले गृहमन्त्री निष्पक्ष, इमान्दार हुनुहुन्छ । पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दाह्री पनि भएको रवि लामिछाने हो कि गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन् । त्यही जस्तो लाग्छ, उहाँचाहिँ दोषी होइन कि भनेर जवाफ दिनुभयो । हामीलाई चित्त बुझेको छैन, हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद् चल्दैन, त्यो काम सरकारको हातमा छ ।’

उनले संसद् अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको बताए ।

Advertisement