काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आगामी फागुन ३ गते दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमित बैठक आह्वान गरेको हो ।
बैठकमा आगामी फागुन ७ गतेदेखि १० गतेसम्म बस्ने महासमितिको बैठक सम्बन्धमा छलफल हुने बताइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि भनिएको छ ।




