February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

पाँचवटा महत्वपूर्ण निर्णय गर्दै एकीकृत समाजवादीको सचिवालय बैठक सम्पन्न

1.1K

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय वैठक सकिएकाे छ । बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ।

बिहिबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बसेको वैठकले संगठन सुदृढिकरणदेखि आगामी महाधिवेशनलाई लक्षित गरेर पाँचवटा निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपमहासचिव खतिवडाले भने, ‘आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नविकरण, अध्यावधि, विस्तार गरिसक्ने, आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने, आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने, आगामी महाधिवशेनमा कामका आधारमा १० जिल्ला कमिटीलाई सम्मान गर्ने र माघ २५ देखि चैत २५ सम्म संगठन सुदृढिकरणको अभियान सञ्चालन गर्नेलगायतका निर्णय भएका छन्।’

Advertisement