February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

कांग्रेस परिवर्तन गर्न आफ्नो नेतृत्वको विकल्प नभएको शशांक कोइरालाको भनाइ

1.1K

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिका लागि दाबी गर्ने बताएका छन् ।

मंगलबार समुदायमा कांग्रेस अभियान अन्तर्गत दाङमा भएको कार्यक्रममा बोल्दै पूर्व महामन्त्रीसमेत रहेका कोइरालाले कांग्रेस परिवर्तन गर्ने हो भने नेतृत्वका लागि आफ्नो विकल्प नभएको बताएका छन् ।

नेता डा.कोइरालाले भने,‘सभापति हुने इच्छा सबैको हुन्छ। पहिला मैले साथीहरूसँग कुरा गर्नुपर्छ। परिवर्तन चाहन्छन् कि चाहँदैनन्। परिवर्तन चाहँदैनन् भने मलाई सभापति बन्न मन छैन। चाहन्छन् भने अनि मात्रै म सोँच्छु।’

Advertisement