April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

पदाधिकारीका लागि उमेर हद नराख्ने एकीकृत समाजवादीकाे निर्णय

1K

काठमाडौं । नेकपा एकीकृत समाजवादीकाे हिजो र आज भएको केन्द्रीय परिषद् बैठकले उमरेहद नराख्ने निर्णय गरेको छ ।

पार्टीको सबै कमिटीमा समावेशी सिद्धान्त अनुसार २० प्रतिशत युवा राख्ने निर्णय गरेको उपाध्यक्ष बेदुराम भुसालले बताए । उनका अनुसार सबै कमिटीका पदाधिकारी प्रत्यक्ष निर्वाचित भएर आउनेछन् । केन्द्रीय कमिटी १९९ सदस्यीय र पदाधिकारी १९ सदस्यीय हुने हुनेछन् । नयाँ केन्द्रीय कमिटी र निकाय बनाएकाले तलैबाट चुनिएर अहिलेसम्मको ऐतिहासिक भएको सम्मानित नेता झलनाथ खनालले बताए ।

केन्द्रीय कमिटीभित्रको संरचना केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहनेछ । केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय परिषद् रहनेछन् ।

Advertisement

सबै कमिटीका पदाधिकारी तथा सदस्यहरु महाधिवेशन वा सम्बन्धित तहका अधिवशेनहरुबाट प्रत्यक्ष रुपमा निर्वाचित हुनेछन् ।

बैठकको निर्णय अनुसार अब नेकपा एसको सांगठानिक संरचना र संख्या यस्तो हुनेछ ।

प्रदेश कमिटीको संख्या ७५ देखि ९९ सम्मको रहनेछ । जिल्ला धेरै भएको प्रदेशमा बढी हुने र जिल्ला थोरै भएको प्रदेशमा थोरै हुनेगरी रहनेछन् ।

प्रदेश कमिटीभित्रको पदाधिकारीको संख्या ७ जनाको हुनेछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव १ र उपसचिव ३ रहनेछ ।

जिल्ला कमिटीको संख्या ५५ एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा कायम गरी एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जना थप गर्नेगरी तय गरिनेछ ।

जिल्ला कमिटीका पदाधिकारीहरु सात जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, उपसचिव ३ ।
पालिका कमिटीको संख्या ४५ हुनेछ । पालिकामा ५ भन्दा बढी वटा छन् भने । ५ भन्दा बढी वडा छन् भने पालिकाको प्रत्येक वडाबाट २ जना थप गर्न सकिनेछ ।

स्थानीय कमिटीका पदाधिकारीहरु पाँच जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ ।
वडा कमिटीको संख्या बढीमा ३५ जनाको हुनेछ ।

पार्टीका सबै कमिटीहरुमा समावेशिताको सिद्धान्तअनुसार युवाहरुको प्रतिनिधित्व २० प्रतिशत रहनेछ । सबै कमिटीहरू समावेशी हुनेछन् ।