April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एकीकृत समाजवादी निकट अनेरास्ववियू डाेल्पा जिल्ला संयाेजकमा सन्तोष भण्डारी

2.4K

डोल्पा । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू डाेल्पा जिल्ला संयाेजकमा सन्तोष भण्डारी चयन भएका छन् ।

यही पुस २६ गते सदरमुकाम दुनैमा सम्पन्न नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी डाेल्पाकाे बैठकले पार्टीको महत्त्वपूर्ण संगठनकाे रुपमा रहेकाे बिधार्थी संगठन अनेरास्ववियू डाेल्पाकाे संयाेजकमा विधार्थी नेता सन्तोष भण्डारीलाई जिम्मेवारी दिईएकाे हाे ।

पार्टी स्थापनाकाे लामाे पछि समाजवादी पार्टी निकट अनेरास्वविू डाेल्पाकाे नेतृत्व चयन गरिएको हाे । अबकाे केही समयपछि जिल्ला भेला, विभिन्न स्थानीय तहमा र बिधालयहरुमा संगाठनिक गतिविधि गरिने अनेरास्ववियू केन्द्रीय सदस्य माेहन बुढाले बताए ।

Advertisement

नेकपा एकीकृत समाजवादी पार्टी निकट सबै भातृसंगठनका नेतृत्व चयन गर्ने काम भैरहेको र नेतृत्व चयन भएका संगठनहरुलाइ जिल्ला भेला गर्न निर्देशन पार्टीले दिएकाे नेकपा एकीकृत समाजवादी डाेल्पाका सचिव युवराज थकालीले जानकारी दिएका छन् ।