November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सडकमा जुलुस निस्किँदैमा सरकार आत्तिनु हुँदैन: माधव नेपाल

1.3K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)  पार्टीका अध्यक्ष माधवकुमार नेपालले निरङ्कुशताको इतिहास बोकेको राजतन्त्र फेरि फर्किएर नआउने बताए। कम्युनिष्ट आन्दोलनका पुराना नेता गोपाल भण्डारीलाई पार्टी प्रवेश गराउन केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले इतिहास बनिसकेको राजतन्त्र फर्काउन सम्भव नभएको बताएका हुन्  ।

राजनीतिक दल र नेतामा भएका कमीकमजोरीको समीक्षा गरी स्वस्थ आलोचना गर्न र सुधारका लागि अवसर दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले राजनीतिक दल र नेताबाटै समस्याको समाधान खोज्नुपर्ने बताए । सडकमा जुलुस निस्किँदैमा सरकार आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

 चापाकोट नगरपालिका स्याङ्जाका नेकपा एमालेका पुराना नेता  भण्डारी बुधबार  नेकपा एमाले परित्याग गरि  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा  समाहित भएका छन् । उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल ,उपाध्यक्षहरू डा. वेदुराम भुसाल, प्रमेश हमाल लगायत नेताहरु दिलु पन्त ताज मियाँ लगायत नेताहरुले स्वागत गरेका थिए ।

Advertisement