January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

1K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दैछ । बैठक काठमाडौंको धुम्बाराहीस्थित एसआर बैंकवेटमा बिहान सुरु हुने छ ।

बैठक यही पुस ३ गतेसम्म जारी रहने बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गर्ने तथा सचिवालय र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

बैठकमा भूगोल केन्द्रित कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने, पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलनसम्बन्धी प्रस्तावमाथि पनि छलफलका लागि पेस हुने पनि जनाइएको छ ।

Advertisement