काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन्। सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको उनको भनाइ छ ।
सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने शर्माले बताए ।
सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले बताए।




