November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पार्टी संचालनको क्रममा रावणको जत्रो टाउको बनाएर मात्र हुँदैन: माधव नेपाल

1K


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शिक्षा, स्वास्थ्य, रोजगारको अवसर सृजना गर्दै  जातीय छुवाछुतको अन्त्य गर्नु पर्ने बताए ।शनिबार बागमती प्रदेश स्तरीय दलित मुक्ति संगठनको  प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष  तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले  टाउको ठूलो बनाएर मात्र केही नहुने भन्दै सोही बमोजिम खुट्टा पनि दह्रो पार्नुपर्ने बताएका हुन्।

नेपालले पार्टी संचालनको क्रममा रावणको जत्रो टाउको बनाएर मात्र नहुने भन्दै सदस्य संख्याको अवस्था हेरेर पार्टीको केन्द्रीय समितिको आकार बन्न पर्ने पनि बताए।

जातीय छुवाछुत विरुद्ध आफू प्रधानमन्त्री भएका बेला दलित समुदायसँग अन्तरजातीय विवाह गर्नेलाई राज्यको तर्फबाट एक लाख राशीले सम्मान गरी प्रोत्साहन गरेको भन्दै अध्यक्ष नेपालले  प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा जातीय छुवाछुत विरुद्ध विभिन्न नीतिगत काम गरेको बताए। 

Advertisement

उनले  मान्छेले मान्छेलाई छुन नहुने भनी गरिएको जातिय छुवाछुत जस्तो विभेद विरुद्ध सचेतना फैलन आवश्यक रहेको भन्दै गाँउवस्तीसम्म शिक्षा, स्वास्थ्य, रोजगारको अवसर सृजना गर्दै  जातीय छुवाछुतको अन्त्य गर्नुपर्ने बताएका हुन् ।