December 9, 2023, Saturday
२०८० मंसिर २४
1:37:26 pm

अर्थमन्त्री महत र बेलायतका ट्रेजरी लर्डस्मन्त्री पेनबीच भेटवार्ता

२०८० कार्तिक १४

655

लन्डन । अर्थमन्त्री प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच भेटवार्ता भएको छ । दुईबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको हो।

भेटमा अर्थमन्त्री महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गर्दै बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउनसमेत आग्रह गरे।

अर्थमन्त्री महतको सचिवालयले प्रकाशन गरेको एक विज्ञप्ति अनुसार अर्थमन्त्री महतले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गरेका छन् ।

Advertisement

भेटमा ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने आश्वासन दिए । उनले ‘ग्रीन फाइनान्स’ क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताए।

भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो।