May 10, 2025, Saturday
२०८२ बैशाख २७
1:37:26 pm

राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको छु: देउवा

२०८० कार्तिक ११

1.4K

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको बताएका छन् । कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले आलोचनालाई सकारात्मक रुपमा लिएको बताएका हुन् ।

बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’

राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता पनि बताए । सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गर्दै उनले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’

Advertisement

यस्तै, उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको बताए । उनले भने, ‘दलभित्रको फरक मत हुन सक्लान,यसलाई हामीले व्यवस्थापन गरिरहेका छौँ ।’