काठमाडौं । राप्रपाका नेता रवि किरण हमालले राजसंस्थाले कुटनीति र प्रतिरक्षा हेर्ने, राजनैतिक दलहरूले आफ्नो स्वार्थ र वैचारिक झुकावका आधारमा परराष्ट्र नीति र प्रतिरक्षा नीति अंगाल्ने परिपाटीले देशको अस्तित्व संकटमा पर्दै गरेको बताएका छन् ।
प्रजातान्त्रिक सरकार आए अन्य प्रजातान्त्रिक शक्तिले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ता माथि प्रहार गरे आत्मसमर्पण गर्ने अथवा कम्युनिस्ट सरकार आए कम्युनिस्ट विचार बाहुल्य भएका देशसँग लम्पसार पर्ने परिपाटीको अन्त्य गर्नुपर्ने हमालको भनाई छ ।
हमालले वर्तमान प्रधानमन्त्रीको भ्रमणप्रति समेत टिप्पणी गर्दै भनेका छन् –‘रातो कार्पेट बिछ्याएर पाँचतारे होटलमा बास दिनुले भ्रमण सफल भएको मान्न सकिन्न । देशभित्र शिक्षक, कर्मचारी, डाक्टर सबै आन्दोलनमा उत्रिनु र चिटिक्क दौरासुरुवाल लगाएर विदेश भ्रमण गर्नुबीच तादम्यता मिलेन । देशमा शान्ति, सुशासन र विश्वासको वातावरण निर्माण नगरेसम्म जतिसुकै बिदेश भ्रमण गरेपनि अर्थ हुँदैन ।”
एक युट्युवमा अन्तर्वार्ता दिँदै हमालले रास्वपामाथि पनि टिप्पणी गरेका छन् । नयाँ उदाएको दलको कमान्डर पासपोर्ट दुरुपयोग गरेको, नेपाली नागरिकता त्यागेर अमेरिकामा शरण लिएर नेपाल विरुद्ध गतिविधि गरेको पात्र भएकोले उनको नेतृत्वमा केही सिट आयो भन्दैमा देश बनाउन नसक्ने किरणको दाबी छ ।