December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

यस्तो छ एकीकृत समाजवादीको ‘मेची काली ‘समाजवादी जागरण अभियान’को कार्यतालिका

915

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को १५ दिने समाजवादी जागरण अभियान २०८० को कार्यतालिका सार्वजनिक भएको छ । यही असोज १४ गतेदेखि ९ सय किलोमिटर लामो ‘समाजवादी जागरण अभियान २०८०’ नामक जनअभियान सञ्चालन गर्ने भएको छ ।

बिहीबार अभियानको बारेमा जानकारी गराउने उद्देश्यले आयोजति पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने गरीको कार्यतालिका सार्वजनिक गरेका हुन् ।

‘समाजवादी जागरण अभियान २०८०’ ले, ‘समाजवादी जागरण अभियान जनताको घर दैलोमा पुग्नेछ र जनताको दुःखसुखमा साथ दिनेछ । सुशासन, विकास र रोजगारी हाम्रो मूल माग हो, भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नु हाम्रो काम हो अभियानका बारेमा संचारकर्मीहरुलाई जानकारी गराउँदै पार्टीका महासचिव घनश्याम भुसालले बताए ।

Advertisement

अभियानको बारेमा बोल्दै महासचिव भुसालले भने, ‘न्यायपूर्ण समाजको निर्माण गर्नका लागि हामी सदैव जनताको साथमा हुन चाहान्छौं । देशको सीमा रक्षा गर्नु, राष्ट्रियताको सम्बर्द्धन गर्नु र जनताको शिर स्वाभिमानले उचो गर्नु हाम्रो कर्तब्य हो । हामी यही कर्तब्य निर्वाह गर्न र जनता प्रतिको जवाफदेहिता पूरा गर्न यहाँहरुको सामुन्नेमा छौँ ।’

महासचिव घनश्याम भुसालले आजको मुलुकको समस्या समाधान गर्नसक्ने सबैभन्दा स्पष्ट दिशा र कार्यक्रम भएको पार्टी नै आफ्नो भएको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा महासचिव भुसालले अहिलेसम्मको उपलब्धिको रक्षा गर्दै अघि बढ्ने भन्दै भने, ‘जनताको अधिकारहरुको संरक्षण गर्दै अरु लोकतान्त्रिक समाजवादी शक्तिहरुसँग हातेमालो गर्दै मुलुकको समृद्धि र रुपान्तरणको सुनिश्चित गर्न लाग्छौं। एउटा लोकतान्त्रिक, बलियो र समावेशी पार्टी हामीले निर्माण गर्छौँ ।’

उनले अरु समाजवादी मोर्चाहरुसँग हातेमालो गर्दै मुलुकको वाम विकल्पको तयारीमा आफूहरु रहेको बताए । उनले उपलब्धि रक्षाका लागि देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग पनि सहकार्य हुने भन्दै समाजवादी जागरण अभियानमा सरिक हुन आह्वान गरे ।

एकीकृत समाजवादीले सबै जाति, भाषा धर्म, संस्कृति र भूगोलका जनता बीचको एकताले नेपाल बनेको भन्दै यही एकताको जगमा नेपालीहरुले सयौं वर्षदेखि देशको स्वतन्त्रताको रक्षा गर्दै आएको जनाएको छ ।
पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले असोज १४ गते झापाको काँकडभित्ता, बिर्तामोड, दमक, उर्लाबारी , विराटनगरचोक, असोज १५ गते इटहरी, इनरुवा, भारदह र राजविराजमा जागरण अभियान सञ्चालन हुनेछ ।

असोज १६ गते बिहान राजविराज, असोज १७ मा जनकपुर, १८ गते रौतहट, १९ गते पथलैया, २० गते कावासोती, बर्दघाट लगायतका विभिन्न स्थानमा जागरण अभियान सञ्चालन हुनेछ ।

असोज २१ गते भैरहवा, बुटवल, २२ गते सैनामैना, चन्द्रौटा, २३ गते घोराही, तुलसीपुर, २४ गते नेपालगञ्ज, २५ गते राजापुर, टिकापुर, २६ गते लम्की, सुख्खड, २७ गते पुनर्वास, झलारी र २८ गते छिन्चु, सुर्खेत, वीरेन्द्रनगर लगायतका स्थानमा जागरण अभियान सञ्चालन हुने बताए ।

पछिल्लो समय सर्लाहीमा हिन्दू र मुस्लिम समूदायबीच झडप र एक अर्कामाथि आक्रमणका घट्ना भएका कुरा बाहिर आएका छन् । सर्लाहीको प्रशासनले जिल्लाका विभिन्न ठाउँमा कफ्र्युसमेत जारी गर्नुपरेको थियो ।