बारा । नेकपा (एकीकृत समाजवादी) जितपुर सिमरा उपमहानगर कमिटीको तेस्रो बैठक सम्पन्न भएको छ । बुधबार संजय प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न बैठकले जितपुर सिमरा उपमहानगर कमिटी पुनर्गठन गरेको हो ।
नवगठित कमिटीको अध्यक्षमा संजयप्रसाद पटेल, उपाध्यक्षहरू गौरव कुमार नेपाल, असलम देवान, सचिव कपुरराज पुरी, उपसचिवहरू विकास साह, मीरा पुरी, हेमनारायण चौधरी लगायतका ५१ सदस्य उपमहानगर कमिटी पुनर्गठन भएको छ ।
बैठकले समाजवादी जागरण यात्रा लाई असोज १८ र १९ मा भव्य स्वागत गर्ने निर्णय गरेको छ ।
सो बैठकमा प्रमुख अतिथि पार्टी पोलिटब्युरो सदस्य तथा बारा इन्चार्ज दिनेश राई, अतिथि पार्टी केन्द्रीय सदस्य तथा वारा सह ईञ्चार्ज कृष्ण कुमार श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य तथा बारा सह ईञ्चार्ज श्रीप्रसाद पासवान, पार्टी केन्द्रीय सदस्य तथा बारा सह ईञ्चार्ज हिमाल खरेल, पार्टी केन्द्रीय सदस्य तथा बारा सह ईञ्चार्ज जय प्रकाश यादव, पार्टी केन्द्रीय परिषद सदस्य सरिता सुब्बा, बिजेन्द्र प्रसाद चौधरी, पार्टी नेता योगेन्द्र महतो लगायतका नेताहरूको सहभागिता रहेको थियो ।