November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

अबको बाटो समाजवाद नै हो: माधव नेपाल

415

प्यूठान । प्यूठानको जुम्रीमा भएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३ सय ५० वढी नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) समाहित भएका छन् । एकीकृत समाजावदीद्वारा प्यूठान जिल्ला जुम्रीमा आयोजना भएको जिल्ला स्तरीय विशाल कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए ।

उक्त कार्यक्रमबाट नेकपा एमालेसहितका विभिन्न पार्टीका कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आव्हान गरे । नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश अन्तर्गतको नेपालले नेता भन्दा नीति प्रधान रहेको बताए । उनले भने, ‘अबको बाटो समाजवाद नै हो । नेपाली जनताको वर्तमान आवश्यकता र भविष्य सुनिश्चित गर्नका लागि सबै नेपाली समाजवादको महान यात्रामा लामबद्ध हुनुपर्छ ।’ समाजवादको कार्यन्वयनले नै अबको राजनीतिले सही दिशा लिने उनले बताए ।

Advertisement