काठमाडौ । राष्ट्रिय हित सुरक्षा विभागद्वारा “राष्ट्रिय हित र सुरक्षा” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको कार्यक्रम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपालले दुई विशाल छिमेकी मुलुक विच रहेको नेपालले कुशल कुटनीतिको माध्यमबाट राष्ट्रिय हित प्रर्वद्धन गर्न सकिने बताए । नेपाल भित्र सुक्ष्म व्यवस्थापन गर्न खोज्नु र यहाँको आन्तरीक राजनितीमा हस्तक्षेप गर्न खोज्दा त्यसको परिणाम प्रतिउत्पादक हुने कुराकोसमेत सचेत गराउँदै अध्यक्ष नेपालले देश भित्रको कर्मचारी र परराष्ट्र मन्त्रालयका कर्मचरीतन्त्रका काम क्रियाकलाप सन्तोषजनक नरहेकोमा दुःख व्यक्त गरे । आफू पटकपटक मन्त्री र प्रधानमन्त्रीको हैसियतले भारत भ्रमण गर्दा भारतीय समकक्षी तथा त्यहाँका कर्मचारीतन्त्रमा नेपाललाई गलाउने नीति अङ्गीकार गरेको उनले स्मरण गरे ।
कार्यक्रमका विशेष अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष प्रमेश हमाल आफ्ना भनाई राख्ने क्रममा युवाहरूलाई विदेश पठाएर देश कहिल्यै विकाशीत नहुने जिकीर गरे । ५० लाख नेपालीको रेमिट्रयान्सले देश चल्नु देशहितको लागी शुभ संकेत मान्न नसकिने हमालको भनाई थियो ।
उनले कुनै समय चामल निर्यात गर्ने देश, आज चामल आयात गर्नु पर्ने तथा देशमा खेतीयोग्य जमिन बाझो भएका कारण कृषि उत्पादनमा ह्रास आएको भन्दै हाम्रो सरकारले असंल्गन परराष्ट्र नितीलाई अपनाउनु पर्ने र कुनैपनि शक्ति राष्ट्रको सैनिक समुहमा सामेल भएर कसैसँग युद्धमा सामेल नहुदाँ नै देशको समप्रभुता अक्षुण रहने कुरामा जोड दिए ।
अन्तक्रिया कार्यक्रममा राष्ट्रिय हित सुरक्षा विभागका सदस्यहरु, नेपाल बुद्धिजीवी परिषद् समाजवादीका केन्द्रिय उपाध्यक्ष डा. झोकेन्द्र थापा, सचिव भोला गुरागाई, हिमलाल पुरी, दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष एवम् पार्टी केन्द्रीय कमिटी सदस्य श्रीप्रसाद पासवान लगायतका नेताहरुको सहभागिता रहको थियो ।
विभागका प्रमुख पुष्पा कुमारी कर्णको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुधिरमान वि.के. खातीद्वारा संञ्चालन गरेका थिए भने विभागका सदस्य काजी थापाद्वारा स्वागत मन्तव्य राखिएको थियो ।