काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि शुभकामना सन्देश दिएका छन् । अमेरिकी जनता र सरकारको तर्फबाट शुभकामना दिँदै उनले यो अवसरलाई नेपालले गरेको उल्लेखनीय प्रगति र बलियो मित्रतालाई कदर गर्ने क्षण भएको बताएका हुन् ।
ब्लिंकेनले समझदारी, विश्वास, र सद्भावनालाई बढावा दिने जनता–जनता बीचको गढिलो सम्बन्ध नै द्विपक्षीय मित्रताको आधारशिला भएको बताएका छन्। उनले भने, ‘हामी यो विशेष दिन मनाउने क्रममा हाम्रा दुई राष्ट्रहरू बीच यी अमूल्य सम्बन्धहरूप्रति हाम्रो शान्ति, सहयोग, र पारस्परिक समृद्धिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई नवीकरण गर्न चाहन्छौं ।’
उनले अमेरिकी जनता र सरकारको तर्फबाट नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् । ‘आज असोज ३, नेपालको संविधान दिवसको अवसरमा म संयुक्त राज्य अमेरिकाको तर्फबाट सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ‘