काठमाडौं । नेकपा –एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर भएको छ । केन्द्रीय सचिवालयको ६६ औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो । पार्टीले बिहीबार अन्तर पार्टी निर्देशन –अपानी) जारी गर्दै जिम्मेवारी हेरफेर भएको जानकारी दिएको छ ।
अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने ,महासचिव घनश्याम भूसालले साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको अनुगमन गर्ने जनाईएको छ ।
त्यसैगरी सम्मानीत नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाएका छन् भने उपप्रमुख उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । हमालले स्कुल विभागको जिम्मेवारी समेत बहन गर्नुपर्ने छ ।
यसैगरी प्रतिष्ठानहरूको ईन्चार्जको जिम्मेवारी प्रदिप नेपाल, सङ्गठन विभाग प्रमुख डा. वेदुराम भुसाललाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी प्रकाश ज्वालालाई दिइएको छ ।
राजेन्द्रप्रसाद पाण्डेलाई सङ्घीय संसदीय विभाग प्रमुख, राजेन्द्रप्रसाद पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र कल्याणी खड्कालाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै, स्थानीय तह विभाग प्रमुख केशवलाल श्रेष्ठ र उपप्रमुखमा हिक्मतजंग शाही, विपद् व्यवस्थापन विभाग प्रमुख गंगालाल तुलाधर, निर्वाचन विभाग प्रमुख रामकुमार भट्टराई, र उपप्रमुखको जिम्मेवारी केदार सञ्जेललाई दिइएको छ ।
शिक्षा विभाग प्रमुख लक्ष्मण केसी, उपप्रमुखमा प्रा. विजय सिलवाल, कानुन विभाग प्रमुख रामचन्द्र झा र उपप्रमुखको जिम्मेवारी घनप्रसाद गौतमलाई दिइएको छ भने अर्थ योजना विभाग प्रमुख डा विजय पौडेल र उपप्रमुखको जिम्मेवारी डा चन्द्रमणि अधिकारीलाई दिइएको छ ।
यसैगरी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, उपप्रमुखको जिम्मेवारी शम्भु श्रेष्ठ र चमिना (राममाया) भट्टराईलाई दिइएको छ ।
स्वास्थ्य विभाग नागेन्द्र प्रमुख चौधरी र उपप्रमुखमा डा गोपाल खनाल, श्रम तथा रोजगार विभाग प्रमुख र उर्वादत्त पन्त र उपप्रमुखको जिम्मेवारी विष्णु लम्सालले पाएका छन् ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुख देवसिंह महता, उपप्रमुख ई.आमोद कुमार अधिकारी, सहकारी विभाग प्रमुख गोविन्द कोईराला र उपप्रमुख नवराज अर्याल, समाज कल्याण विभाग प्रमुख निरादेवी जैरु र उपप्रमुख धिरेन्द्रबहादुर श्रेष्ठ, कृषि तथा भूमिसुधार विभाग प्रमुख बलराम बास्कोटा, उपप्रमुखमा तुलाराज बिष्टले जिम्मेवारी पाएका छन् ।
जलस्रोत विभाग प्रमुख डा बंशीधर मिश्र र उपप्रमुख धनराज आचार्य, वन वातावरण विभाग प्रमुख भानुभक्त जोशी, सङ्घीय तथा प्रादेशिक मामिला विभाग प्रमुख कृष्णप्रसाद सापकोटा र उपप्रमुख उदय बोहरा, पर्यटन विभाग प्रमुख प्रेमबहादुर आले मगर, आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डे, राष्ट्रिय हित सुरक्षा विभाग प्रमुख पुष्पाकुमारी कर्ण र उपप्रमुखको जिम्मेवारी शंकर पोख्रेलले पाएका छन् ।
यसैगरी उपभोक्ता हित विभाग प्रमुख प्रा.डा. इन्दु आचार्य, खेलकुद विभाग प्रमुख आलोक रायमाझी र उपप्रमुख केशव बिष्ट, साहित्य–संस्कृति विभाग प्रमुख रमेशरञ्जन झा र उपप्रमुख दामोदर अर्याल, सहरी विकास विभाग प्रमुख भविश्वर पराजुली र उपप्रमुख दिपक केसी, विज्ञान प्रविधि विभाग प्रमुख मेटमणि चौधरी र उपप्रमुख प्रा.डा.रामेश्वर अधिकारी, उद्यमशिलता विकास विभाग प्रमुख होम बुढाथोकी, उद्योग बाणिज्य विभाग प्रमुख कृष्णकुमार श्रेष्ठ र केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् ।