काठमाडौं । नेपाली कांग्रेसले एक बर्षपछि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक असार २७ गतेका लागि बोलाइएको हो ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएका हुन्।
यसअघि कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।