काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्रमा नेपालको लुम्बिनी राखिएपछि विरोध गरेका छन् ।
प्रवक्ता राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’देशको प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणको सम्मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापक विरोधबीच भारतीय संसद् भवनको उद्घाटन गरेका छन् । उक्त भवनमा राखेका नक्सामा महाभारतकालीन नामहरुका साथ हाम्रो देशको लुम्बिनीलाईसमेत समावेश गरेका छन् । लुम्बिनी नेपालको हो, गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा मोदीलाई हेक्का रहोस् । मोदीको यो कदमले सार्वभौम नेपाल र नेपालीको इज्जतमा ठुलो चोट पुगेको छ।’
यस्तै, उनले यसको प्रतिवाद गर्नुपर्ने पनि बताए । नेपाल सरकारको मौनताले लज्जित तुल्याएको छ। यो विषयलाई सामान्य लिनु हुदैन । नेपालीहरुको स्वतन्त्रता र सार्वभौमिकतासमेतलाई अक्षीण राख्न सबैले आ–आफ्नो तहबाट बोलौँ, प्रतिवाद गरौँ ।नेपाली हामी रहौला कहाँ, नेपालै नरहे‘।’, उनले भने ।
ध्चष्तभ तय सीता तुम्खेवा