March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

परराष्ट्रमन्त्री डा. राणा पाँच दिने भ्रमणका लागि भारत प्रस्थान

2.9K

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री राणा पाँच दिने भ्रमणका लागि भारत गएकी हुन् ।

उनले भारत भ्रमणका क्रममा भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । यस क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।

Advertisement

मन्त्री भएपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।