November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

सभामुखलाई नियन्त्रण गर्ने प्रस्ताव फिर्ता हुने

1.7K

काठमाडौं । ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’ मा सत्तापक्षका सांसदहरुले सभामुखलाई नियन्त्रित गर्ने किसिमले राखेको संशोधन प्रस्तावहरु फिर्ता लिइने भएको छ।

शनिबार सभामुखले विभिन्न पार्टीका नेताहरुलाई बोलाएर छलफल गरेका थिए। छलफलमा उनले आफू दलहरुसँगको छलफलबाटै अघि बढ्न तयार रहेको बताएका थिए।

साथै, सभामुखलाई कस्ने प्रस्ताव अगाडि नबढाउन आग्रह गरेका थिए। कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार, सभामुखको आग्रहपछि सत्तापक्षका सांसदहरु संशोधन प्रस्ताव फिर्ता लिन तयार भएका छन्।

Advertisement