April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

शुक्रबार चारबजे मन्त्रीहरुलाई शपथ गराउने तयारी, प्रधानमन्त्री पुगे शीतल निवास

1.2K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । मन्त्रीमण्डल विस्तारपछि शुक्रबार नै शपथ गराउने तयारीमा रहनु भएको प्रधानमन्त्री प्रचण्ड केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

दुईबीचको भेट जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्रोतका अनुसार शुक्रबार चार बजेभित्र मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ ।

सत्ता गठबन्धनमा रहेका १० दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो ।

Advertisement