April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

शरदसिंह भण्डारी श्रम मन्त्री बन्ने निश्चित

2.9K

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् ।

यसको पुष्टि स्वयं भण्डारीले गरेका छन् । ‘म श्रममन्त्री बन्ने पक्का भएको हो,’ उनले भने । गत मंसिरमा सम्पन्न निर्वाचनमा उनी महोत्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

Advertisement