काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकजना मन्त्रीको नाम भने पनि आजै दिन आग्रह गरेपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकस्मिक बैठक बोलाउनु भएको हो ।
बुधबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच एक्ला एक्लै छलफल भएको थियो । एकीकृत समाजवादीले ३ मन्त्रालयमा आफ्नो अडान राखेको छ ।