काठमाडौँ । नेकपा एकीकृत समाजवादी मजदुर विशेष जिल्ला कमिटी काठमाडौंको बैठक सम्पन्न भएको छ । काठमाडौं आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शनिबार बैठक सम्पन्न भएको हो ।
बैठकले ठाकुरबहादुर खड्का र कुण्डल खड्कालाई उपाध्यक्षमा र मोहनलाल श्रेष्ठ र प्रभा पाण्डेलाई उपसचिवमा मनोनीत गरेको छ ।
०८० असार मसान्तसम्मको आगामी कार्ययोजना पारित गर्दै श्रमिकको दैनिक जनजिविकामा परेको तत्काल तथा दीर्घकालीन समस्या र समाधानको बारेमा पार्टी केन्द्रीय अध्यक्षलाई ध्यानाकर्षण प्रतिवेदन पेश गर्ने लगायत महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटी सचिव विष्णु लम्सालको प्रमुख आतिथ्य, पार्टी केन्द्रीय सदस्य एवं मजदुर इन्चार्ज दीपक पौडेलको विशेष आतिथ्य तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य खड्गबहादुर गिरी र प्रेमबहादुर कार्कीको आतिथ्यमा सम्पन्न भएको हो ।
बैठकको अध्यक्षता नेकपा एकीकृत समाजवादी मजदुर विशेष जिल्ला कमिटीका अध्यक्ष कुमार सापकोटाले गर्नुभएको थियो भने संचालन सचिव रबि केसीले गरेका थिए ।