June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

उपराष्ट्रपति पदमा अष्टलक्ष्मी र रामसहाय प्रसादको उम्मेदवारी दर्ता

२०७९ फाल्गुन २७

1.5K

काठमाडौं । उपराष्ट्र पदमा दुई जनाको उम्मेदवारी परेको छ । उपराष्ट्रपति पदका लागि शनिबार निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको थियो ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय नयाँबानेश्वर पुगे नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् ।

एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।

Advertisement

त्यस्तै, जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलको नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै जनमत पार्टीले महिला उम्मेदवार मतता झालाई उठाउने निर्णय गरेको छ । निर्वाचन चैत ३ गते हुँदैछ ।