June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

प्रचण्ड र विप्लवबीच भेटवार्ता, बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने

२०७९ फाल्गुन २४

1.4K

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रमचन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो।

भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमप्रति गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए।

प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ। भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत थिए । अदालतमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ।

Advertisement