April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

रंग फेर्ने प्रतियोगितामा छेपारोले प्रचण्डसँग हार्छ : बाँस्कोटा

२०७९ फाल्गुन १३

1.4K

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता र अवसर अनुसार रंग फेरेको बताएका छन् ।

एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि एमाले नेता बास्कोटाले रंग फेर्ने प्रतियोगितामा छेपारोले प्रचण्डसँग हार्ने टिप्पणी गरेका हुन् ।

नेता बाँस्कोटले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ,’ ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।’

Advertisement

एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्ड प्रति आक्रोशित बाँस्कोटाले एमालेले अब आफनै लयमा हिडनु पर्ने पनि बताएका छन् । ‘एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ। उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’