काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाघिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ ।
बैठकमा सरकार गठन र संसदीय दलका नेता चयन लगायतका विषयमा छलफल हुने जनाईएका छ ।
नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो ।