May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ

945

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्च विवरण पेस गरेका छन् । उनले निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ का विजयी उम्मेदवार तथा प्रतिनिधिसभा गोरखा–२ बाट विजयी बनेका दाहालको उम्मेदवार प्रतिनिधि भगवती भट्ट तिवारीमार्फत निर्वाचन खर्च विवरण पेस भएको जिल्ला निर्वाचन कार्यालयका गोरखाले जनाएको छ ।

सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।

Advertisement

मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । दाहालले मंसिर १५ गते नै खर्च विवरण पेस गरेका हुन् । गोरखा–२ को मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रको आधारमा प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्चको हद तोकिएको थियो ।