November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विचाराधीन मुद्धामा कांग्रेस बोल्दैनः देउवा

4.2K

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई प्रभाव पार्ने गरि कांग्रेसले आन्दोलन नगर्ने प्रष्टाएका छन्।

मेलमिलाप दिवसका अवसरमा सूचना,सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल संवादमा देउवाले अदालतमा विचाराधीन मुद्धामा नबोल्ने बताए। संसद भंग गर्ने सरकारको निर्णय असंवैधानिक भएको बताउँदै देउवाले अदालतलाई प्रभावित पार्ने गरि कांग्रेसले आन्दोलन नगर्ने बताए। अदालतलाई प्रभाव पार्ने गरि धम्क्याउन नमिल्ने उनको तर्क थियो।

संसद भंग गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भएको देउवाले बताए। ओलीको असंवैधानिक र अलोकतान्त्रिक कामको कांग्रेसले विरोध गरिआएको देउवाको भनाइ छ।

Advertisement