July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

राजनीतिमा देखापरेका आवेग र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड

1.7K

ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताए । मंगलबार ललितपुरको खुमलटारमा गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यसका लागि गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने बताएका हुन् ।

‘मैले राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’, प्रचण्डले भने ।

उनले सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने बताए । राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा भएको भन्दै प्रचण्डले भने, ‘त्यहाँका जनताको भरोसा र विश्वासको बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ ।’

Advertisement