खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् । राईले नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गर्दै विजयी बनेका हुन् ।
राई २ हजार ६६९ मतान्तरले विजयी बनेका हुन् । राईले ३१ हजार ३५१ मत प्राप्त गर्दा भट्टराईले २८ हजार ६८२ मत ल्याए ।
मतपरिणाम अनुसार जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४, राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६, स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० र मंगोल नेसनल अर्गनाइजेसनका दीपक मगरले १३१ मत पाएका छन् ।