पथरी । सत्ता साझेदार लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नं ३ निर्वाचन परिचालन समितिले पथरी शनिश्चरेमा गठबन्धनका दलहरूको संयुक्त भेला गरेको छ। शनिबार प्रतिनिधि तथा प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू सहितको संयुक्त भेला भएको हो।
निर्वाचन परिचालन समिति मोरङ क्षेत्र नं ३ का संयोजक गणेश खड्काको अध्यक्षतामा सम्पन्न भएको संयुक्त भेलालाई प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न, समाजको समानुपातिक विकास गर्न र जनताको दुःख सुखमा साथ दिने उम्मेदवारहरूलाई विजयी तुल्याउने उद्देश्यले आममतदाताहरूको घरदैलोमा पुगेर मत माग्न आग्रह गरेका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचन मध्यनजर गर्दै उनले लोकतान्त्रिक वाम गठबन्धनले अवलम्बन गरेका निर्वाचन सम्बन्धी नीति, कार्यक्रम तथा लक्ष्य जनतासामु स्पष्ट रुपमा राखेर जनमुखी कार्यदिशा तय गर्न पनि अनुरोध गर्दै गठबन्धनका तर्फका उम्मेदवारहरू जिताउन औंल्याएका थिए । उनले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई नजिताए भविष्यमा गणतन्त्र संस्थागत गर्न र समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक आन्दोलनको रक्षा पनि नहुने जनाए ।
सोही भेलामा प्रदेश सभाको लागि समानुपातिक समावेशी समुहको खस आर्य कोटाबाट समानुपातिक उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गीता तिम्सिनाले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र जनताको हितमा काम गर्ने गठबन्धनका सबै उम्मेदवारलाई विजयी तुल्याउन घनीभूत तवरले लाग्नु पर्ने बताइन ।
निर्वाचन परिचालन समिति मोरङका सह संयोजक चण्डी प्रसाद राईले स्वागत मन्तव्य राख्नु भएको भेलामा प्रदेश सभाको लागि आदिवासी जनजाति कोटाबाट समानुपातिक उम्मेदवार नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य मान प्रसाद लिम्बु , नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाको लागि समानुपातिक उम्मेदवार वसन्त भट्टराई, नेकपा माओवादीका केन्द्रीय सदस्य तथा चुनाव प्रचार प्रसार समितिका संयोजक लाल बहादुर सुस्लिल मगर , नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा नेपाल दलित मुक्ति संगठनको केन्द्रिय सचिव कृष्ण कुमारी विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।
सोही भेलामा निर्वाचन परिचालन सम्बन्धी यूवा , संचार , प्रचार प्रसार, आर्थिक, आदि विभिन्न समितिहरु गठन गरी घोषणा गरिएको थियो।
सोही क्रममा मोरङ ३ नं । क्षेत्रका गठबन्धनका उम्मेदवारहरूलाई जिताउन निर्वाचनमा लाग्ने उद्देश्यले कांग्रेस क्षेत्रीय सभापति गणेश खड्काको सभापतित्वमा भेला भएको थियो । भेलाले कांग्रेस क्षेत्रीय सभापति गणेश खड्काको अध्यक्षतामा १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसमा नेपाली कांग्रेस ७, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ५–५ जना प्रतिनिधि रहेका छन् ।
समितिको सह संयोजक दीपक भट्टराई (माओवादी केन्द्र), चण्डीप्रसाद राई (नेकपा एकीकृत समाजवादी), मित्रसेन योञ्जन, राजेन्द्र ढकाल, मानबहादुर लिम्बू, सन्तोष फूयल, तिलकप्रसाद राई, श्रीहाङ राई, लोचन धमला, रञ्जु कटुवाल, नवराज चापागाई, अम्बिका अर्याल, तुलशी ढकाल, भूमि दुलाल, भूपाल बस्नेत, महेश आचार्य गरी १७ सदस्यीय समिति गठन भएको हो ।
त्यसैगरी, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्यीय उच्च स्तरीय संयुक्त अनुगमन समिति गठन भएको छ । समितिको सदस्यमा डा.देउमान सङ्बाहाङ्फे, लालबहादुर सुस्लिङ, गीता तिम्सिना, महेन्द्र सुवेदी, शिव प्रसाद ढकाल, अरुण सुन्दास, नगेन्द्रप्रसाद जमरकट्टेल, तुलसा याक्खा, लोकप्रसाद संग्रौला र चन्द्रबहादुर गुरुङ रहेका छन् ।
उपाध्यक्ष मोहन भट्टराई, नविन राई, दिनेश नेपाल, कुमार मिजार, धर्मप्रसाद जमरकट्टेल, बालकुमार मगर, अताबुल मन्सुर, अर्जुन गजुरेल, राजेशजंग कार्की, उपेन्द्र सुबेदी, देबेन्द्र थापा, हिमप्रसाद तिम्सिना, पर्शुराम कार्की, लोककिरण न्यौपाने, कविता पराजुली र भगवती पौडेल रहेका छन् ।
भेलाले प्रदेस, गाँउ, नगर र वडातहसम्म निर्वचन परिचालन, प्रचारप्रसार र अनुगमन समिति गठन गरिसक्ने र कार्यालय खोल्ने निर्णय भएको छ ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट ३ नं । क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा सुनिल शर्मा (नेका) ३ (क)मा शेखरचन्द्र थापा (नेका)र (ख)मा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमार श्रेष्ठ चुनावी मैदानमा रहेका छन्




