November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

सत्तारुढ गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसक्यो : राजेन्द्रप्रसाद श्रेष्ठ

1.7K

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गरेका छन् । श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधर बीचको ठुलो संघर्षको रुपमा समेत चित्रण गरे ।

रिपोर्टर्स क्लब नेपालले आज (सोमबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूहरुले गरेको गठबन्धनको राजनीति प्रारम्भमा भएको र संस्थागत रुप लिन नसकेको स्वीकारे । उनले भने,“कुन मापदण्ड अनुसार कसरी जाने भन्नेबारे अलि लामो समय लागिरहेको छ ।”

मन्त्री श्रेष्ठले मुख्यतः संगठनात्मक शक्ति र उम्मेदवारहरुको व्यक्तित्वलाई मुख्य आधार मानेर गठबन्धनलाई अगाडी बढाउन खोजेको जानकारी दिँदै १६५ संघीय निर्वाचन क्षेत्रमध्ये करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गरे । उनले भने,“बाँकी ३० पनि विस्तारै अगाडी बढ्छ । प्रादेशिक निर्वाचन क्षेत्रहरुबारे पनि कुरा भइरहेको छ । दशै अगाडी नै सबै कुरा टुंग्याएर अगाडी बढ्ने जमर्को गरेका छौं ।” मुलुक व्यवस्था परिवर्तनसँगै सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,“तर, क्रान्तिले अझैपनि पुर्णता पाउन सकेन, पुरानो राज्ययन्त्र र नयाँ राजनीतिक व्यक्ति यसका अन्तविरोधहरु यो

Advertisement

संक्रमणकाल पार गरेर अघि बढ्दा अभिव्यक्त भइरहेको छन । त्यसकारण संघिय लोकतान्त्रिक गणतन्त्रान्मक मान्यताअनुसार देशलाई अगाडी बढाउनुपर्ने तर पुरानो राज्ययन्त्रहरुले त्यसलाई रोक्न खोज्ने प्रवृत्तिहरु छन । त्यसका प्रतिनिधी पार्टीहरु पनि रहेका छन् ।” मन्त्री श्रेष्ठले परिवर्तनलाई अगाडी बढाउने सन्दर्भमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशिता, लोकतन्त्रका मुल्य र मान्यतालाई अघि बढाउन चाहने शक्तिहरु एकातिर हुन जरुरी भएकोले गठबन्धन गरिएको स्पष्ट पारे ।

नेपालमा कतिपयले गठबन्धन आवश्यक नभएको भन्ने मान्यता पनि राखिरहेका भन्दै उनले जुन देशमा समानुपातिक समावेशी ढंगले चुनावका केही अंशहरु अगाडी बढेको हुन्छ त्यस्ता देशमा गठबन्धनको बाध्यता हुने स्पष्ट पारे ।

समानुपातिक समावेशी प्रतिनिधित्व भइसकेपछि एकल बहुमत आउने सम्भावना कम हुने उनको भनाइ थियो ।ने केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको कुरालाई हुबहु जारी गरिएको छ, विवाद गर्नुपर्ने कुरै होइन् ।”

आगामी निर्वाचनका लागि व्यवस्थापनको सन्दर्भमा आफ्नो मन्त्रालयले आवश्यक कर्मचारी निर्वाचन आगोगमा पठाइसकेको बताए । उनले भने,“गत भदौ ३० गतेपश्चात् सबै योजना बनाएर निर्वाचन आयोगमा कर्मचारीहरु पठाइसकेको छौं, कर्मचारीहरुलाई खटनपटन आयोग आफैंले गर्नेछ ।” नागरिकता विधेयकबारे बोल्दै मन्त्री श्रेष्ठले जागिर, व्यवसाय गर्न गएकाहरुले गैरआवासिय नेपाली नागरिकता पाउने संविधानमै भएको कुरा संघीय कानुनमा लेखिदिएको बताए । उनले भने,“संविधानको धारा ११ मा रहेको जन्मसिद्व नागरिकका सन्तानहरु जो आमावुवा नेपाली छन्, तिनले नागरिकता पाउ