November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

ओलीलाई संविधान दिवस नमनाउन प्रेमल खनालको आग्रह

2.3K

काभ्रे । नेकपा (एकीकृत समाजवादी) पोलिटब्युरो सदस्य तथा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले केपी ओलीलाई असोज ३ गते संविधान दिवस नमनाउन आग्रह गरेका छन् ।

पेशागत महासंघ नेपाल काभ्रेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले ओली संविधानको हत्यारा भएकाले संविधान दिवस मनाउनुको कुनै अर्थ नभएको बताए । उनले ओली गणतन्त्रका हत्यारा भएको आरोप लगाउँदै ओलीले संविधानको धज्जी उडाईरहेका छन । उनी राम , पशुपतिको शरणमा पुगेर आत्मसमर्पण गरिसकेका छन् ।

राम मन्दिर बनाउने, पशुपतिमा जलप लगाउने कार्य गर्नाले पनि उनी मोदीको बाटोमा हिँडेको स्पष्ट देखियो । मोदी गणतन्त्र वादी त होइनन् विश्वलाई थाहा छ । फेरि ओलीले चुनावको मुखमा संघीयता विरोधी प्रपोगण्डा पनि मच्चाउन थालेका छन । त्यसैले गठबन्धनले ओलीसँग सजग हुन समेत सचेत गराएका छन् ।

Advertisement