काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज सोमबार बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकमा गठबन्धनका दलहरू बीच आगामी चुनावका लागि दुई दिन भित्र सिट बाडँफाँड टुंगो लगाउने तयारी भइरहेको बताक्ष्एको छ ।
आज(सोमबार) र भोलि(मंगलबार) कार्यदलको बैठक बसेर प्रतिवेदन बनाउने र कार्यदलले दुई दिनभित्र सबै टुंग्याएर शीर्ष नेतृत्व समक्ष पेस गर्ने र शीर्ष तहको बैठक बुधबार बस्ने भएको छ। यसअघि आइतबार बसेको गठबन्धन कार्यदलको बैठक ठोस निर्णय लिन सकेको थिएन ।