April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष कुमाल इलाम कांग्रेसबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिस

10.3K

इलाम । नेपाल आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष एवम संविधान सभा सदस्य नगेन्द्र कुमार कुमाल इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कुमालको नाम सिफारिस भएको हो ।
कांग्रेसको १४औं महाधिवेशनमा इलाम–२ बाट महाधिबेशन प्रनिनिधी एवं महासमिति सदस्यमा निर्बिरोध निर्वाचित भएका कुमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् ।

कुमाल नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापति समेत हुन् । इलामको माइ नगरपालिका ७ का स्थायी बासिन्दा कुमाल यसअघि पार्टीको बिभिन्न तह र तप्कामा रहेर महत्वपूर्ण जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

Advertisement

राज्यको हरेक तह तप्कामा नागरिकको समान सहभागिता र समावेशीताको आवाज उठाउँदै आएका कुमाल यस पटक पार्टीले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा आधिकारिकता प्रदान गर्ने आम मतदाताको सहयोगमा चुनाव जित्ने दाबी गर्छन ।
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टीले देशमा रहेका हरेक तह, लिङ्ग, वर्ग, समूदाय मध्येबाट साझा प्रतिनिधि छनोट गर्नेछ । त्यसमध्ये पनि म पिछडिएको वर्गबाट अब्बल उम्मेदवार हुँ । त्यसैले पार्टीले पक्कै न्याय गर्नेछ र मतदाताले माया गर्नेछन्,’उनले भने,‘पार्टीप्रति इमान्दार र मतदाताप्रति बफादार साथै जिम्मेवार बनेर काम गर्नेछु ।’

इलाम क्षेत्र नम्बर २ यसअघि एमालेका सुवासचन्द्र नेम्बाङले जित्दै आएको क्षेत्र हो । तर पछिल्लो समय नेम्वाङप्रति व्यापक असन्तुष्टी बढेको, वागी उम्मेदवारहरु खडा भएको र ‘नेम्वाङ हराउ अभियान’ संचालन हुन थालेकाले कांग्रेसका उम्मेदवारले बाजी मार्न सक्ने आंकलन शुरु भएको छ ।