November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

लुम्बिनीका पुराना बामपन्थी नेता कक्षपतिले एमाले त्यागे, माधव नेपालले लगाइदिए फुलमाला

2.1K

काठमाडौं । नेकपा एमाले पूर्व केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सदस्य राजकुमार कक्षपति नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन् ।

लुम्बिनीका पुराना बामपन्थी नेता कक्षपतिलाई बिहीबार काठमाडौंमा भएको नेकपा एकीकृत समाजवादीको पुनर्गठन दिवसको अवसरमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव बेदूराम भुसाल लगायत नेताहरूले टिका र खादा लगाएर स्वागत गरे ।

प्यूठान मल्लरानी ४ घर भएका नेता कक्षपतिले नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा समाहित भएको कुरा एक विज्ञप्ति निकालेर जानकारी गराएका हुन् । उनले विज्ञप्तिमा एमालेमा अवसरवाद व्यक्तिवादी प्रवृत्ति हावी भएकोले अव एमालेमा कम्युनिष्ट चरित्र नभएको भन्दै एमालेमा बसेर समाजवादको सपना देख्नु गलत भएको भन्दै सम्पूर्ण स्वाभिमानी नेता कार्यकर्ताहरूलाई समाजवादीमा समाहित हुन आव्हान समेत गरेका छन् ।

Advertisement