November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

संसद अधिवेशनका लागि आजै निवेदन दिन पार्टी नेतृत्वलाई गगनको आग्रह

3.5K

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले संसद अधिवेशनका लागि आजै निवेदन दिन पार्टी नेतृत्वलाई अनुरोध गरेका छन्। संविधानको धारा ९३ (३) अनुसार कांग्रेसले संसद्को माग गर्नुपर्ने उनले बताएका छन्।

यसैगरी उपसभामुखको निर्वाचन नभएसम्म संवैधानिक परिषद् बैठक  अस्वीकार गर्न र संसद् गतिविधि ठप्प पार्न  आफ्नो पार्टीका सभापति र शीर्ष नेतालाई आग्रह गरेका छन्। 

सभापति देउवालाई ट्विट मेन्सन गर्दै उनले  पार्टी बैठकमा आफूले  प्रधानमन्त्री ओलीलाई संसद बैठक बोलाउन  बाध्य पार्ने र उपसभामुखको निर्वाचन नभएसम्म संवैधानिक परिषद् बैठकमा नजान गरेको अनुरोध नटेरेको आरोप लगाएका छन्। जसका कारण आजको परिस्थित आएको उनको भनाइ छ।

Advertisement

उनले भनेका छन्, ‘पार्टी बैठकमा हामीले भनेका थियौँ, बरालिएका प्रधानमन्त्री केपी ओलीलाई लाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं, उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔँ,संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ। यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ।’

संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पार्नुपर्ने उनको धारणा छ।