January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीशकै अध्यक्षतामा समिति

1.8K

काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको छ। 

सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती भएको हो। मंसिर २ गतेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।

नियमावली संशोधन भएपछि अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पेसी तोक्ने अधिकार कटौती भएको छ। ‘अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलासको गठन र पेसी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ।’ संशोधित नियमावलीको नियम २० मा लेखिएको छ । 

Advertisement

गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन गर्न पेसी व्यवस्थापन निर्देशन समिति गठन गरिएको छ। समितिमा प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठतम् दुई जना न्यायाधीश रहने व्यवस्था गरिएको छ । मुख्य रजिस्ट्रारले पेसी व्यवस्थापन निर्देशन समितिको सचिवको रुपमा काम गर्नेछ।