February 24, 2026, Tuesday
२०८२ फाल्गुन १२
1:37:26 pm

धादिङ बस दुर्घटनास्थलमा पुगे राजेन्द्र पाण्डे

२०८२ फाल्गुन ११

330

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा धादिङ क्षेत्र नम्बर–१ का उम्मेदवार राजेन्द्र पाण्डे धादिङस्थित भैंसिगाौडा बस दुर्घटनास्थलमा पुगेका छन् ।

सोमबार बिहान साढे १ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ्ग–५ भैंसिगौडास्थित रोराङमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनाको खबर पाए लगत्तै पाण्डे स्थलगत अनुगमनका लागि उक्त स्थान पुगेका हुन् ।

गएराति पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।

Advertisement

पाण्डेले घटनाको स्थलगत जानकारी लिँदै उद्धार तथा उपचार कार्यलाई तीव्र र प्रभावकारी बनाउन समन्वय गरेका छन् ।