February 24, 2026, Tuesday
२०८२ फाल्गुन १२
1:37:26 pm

धादिङ बस दुर्घटना बारे छानबिन समिति गठन गरिने

२०८२ फाल्गुन ११

430

काठमाडौं । सरकारले धादिङ बस दुर्घटनाका बारेमा छानबिन गर्न समिति गठन गर्ने भएको छ । सोमबार बिहान गृह मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकमा छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, भौतिक तथा यातायात पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी महासंघ र मजदुर संघका प्रतिनिधि सहभागी थिए ।

समितिमा को–को रहने भन्ने निर्णय भइनसकेको बताइएको छ ।

Advertisement

बैठकमा घाइतेहरूको उद्धार, दोषीलाई कारबाही गर्ने र समिति गठनका साथै राहतका विषयमा पनि छलफल भएको बताइएको छ ।

सोमबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौंडामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा एक जना बेलायती नागरिकसहित १९ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जनाको सनाखत भएको छ । त्यस्तै विभिन्न अस्पतालमा २५ जना घाइतेको उपचार भइरहको छ ।