March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

बिरामी लिएर जाँदै गरेको विमान दुर्घटना, ७ जनाको मृत्यु

२०८२ फाल्गुन १२

515

काठमाडौं । भारतको झारखण्ड राज्यमा एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्लीका लागि उडेको सी–९० (भिटी–एजेभी) विमान झारखण्डको चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको हो ।

चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित उक्त विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई स्वास्थ्यकर्मी सहयोगी तथा दुई क्याप्टेन सवार थिए । दुर्घटनामा सातै जनाको मृत्यु भएको भारतीय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ ।

pin up pinup

भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमान साँझ ७ बजेर ११ मिनेटमा राँचीस्थित बिरसा मुन्डा विमानस्थलबाट उडेको थियो । कोलकाता हवाई यातायात नियन्त्रण कक्षसँग सम्पर्क स्थापना भएपछि प्रतिकूल मौसमका कारण मार्ग परिवर्तनका लागि अनुरोध गरिएको थियो । तर साँझ ७ बजेर ३४ मिनेटतिर वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको सञ्चार तथा राडार सम्पर्क एकाएक विच्छेद भएको थियो । त्यसपछि विमान वाराणसी वा लखनउ हवाई यातायात नियन्त्रण कक्षसँग पनि सम्पर्कमा आएको थिएन। वाराणसी राडार पुनरावलोकन परीक्षण गर्दा अन्तिम राडार सम्पर्क साँझ ७ बजेर २२ मिनेटमा देखिएको जनाइएको छ ।

Advertisement

दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार रहेका छन् । आगलागीमा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लैजाँदै गरिएको थियो । सञ्जयसँग उनका सहयोगी विकास गुप्ता पनि विमानमा सवार थिए । चिकित्सक सचिन कुमार मिश्र, उनका दुई सहयोगी अर्चना देवी र धुरु कुमार तथा क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंहको पनि दुर्घटनामा ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।