February 24, 2026, Tuesday
२०८२ फाल्गुन १२
1:37:26 pm

एमालेकी निवर्तमान सांसद सम्झना थपलिया रास्वपामा प्रवेश

२०८२ फाल्गुन ११

255

काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।

सिराहाको गोलबजारमा आयोजित विशेष कार्यक्रममा थपलियासहित नेकपा एमालेका केही नेता तथा कार्यकर्ता रास्वपामा समाहित भएका हुन् ।

उनीहरूलाई रास्वपाका नेता तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरेका थिए ।

Advertisement

थपलिया २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा खस–आर्य समूहबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् ।

रास्वपामा प्रवेशपछि संक्षिप्त प्रतिक्रिया दिँदै थपलियाले आफूले सिद्धान्त, पारदर्शिता र कार्यशैलीलाई प्राथमिकता दिने राजनीतिक संस्कार खोजेको बताइन् ।