November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेबाट निर्वाचित वडाध्यक्ष भोजबहादुर रिमालले दिए पार्टीबाट राजीनामा

२०७८ कार्तिक १०

5.9K

लमजुङ । लमजुङ बेसीसहर नगरपालिका ६ का वडाध्यक्ष एवं एमाले जिल्ला कमिटी सदस्य भोजबहादुर रिमालले पार्टीबाट राजीनामा दिएका छन् । उनले नेताहरूले आफ्ना नजिकका कार्यकर्तालाई मात्र काखी च्याप्ने प्रवृत्ति रहेको भन्दै राजिनामा दिएका हुन् ।

रिमालले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीभित्रको अन्तर्घातका कारण पाटीृका साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन् ।

‘एमालेको नगर अधिवेशनमा उपस्थिति प्रतिनिधिको भावनाविपरीत उम्मेदवारको सहमति बेगर नेताको ठाडो निर्देशनअनुसार नगर कमिटीको अध्यक्ष तोक्ने जुन प्रवृत्तिको पार्टी रहेछ भन्ने बुझेकाले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

रिमालले एमाले जिल्ला कमिटी लमजुङलाई सम्बोधन गरी राजीनामा दिएको विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

रिमालले शनिबारको नगर अधिवेशनमा नगर अध्यक्षमा दाबी गरेका थिए ।