July 17, 2025, Thursday
२०८२ श्रावण १
1:37:26 pm

प्रधानन्यायाधीशकाे प्रश्न- अदालतले ‘फलानो’को बहुमत छ प्रधानमन्त्री नियुक्त गर भन्ने अभ्यास गर्न मिल्छ?

3.2K

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुनै अमुक व्यक्तिको बहुमत छ प्रधानमन्त्री नियुक्त गर भनेर अदालतले अभ्यास गर्न मिल्छ? भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवासायी मेघराज पोखरेललाई उनले यस्तो प्रश्न गरेका हुन्।

अदालतमा १४६ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको भन्दै उनले यसैलाई आधार मान्न मिल्छ भनेर प्रश्न गरेका हुन्। 

Advertisement

‘१४६ जना यहाँ उपस्थित भयाैं। अदालतले प्रमाणिकरण गरिदिए हुन्छ भन्ने तर्क आयाे। अदालतले याे अभ्यास गर्न राम्राे हुन्छ?  अदालतले बहुमत छ नियुक्त गर भन्ने अभ्यास गर्न मिल्छ? धारा ७६(५) ले यही भनेकाे हाे?’, प्रधानन्यायाधीश राणाले सोधे।