April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ओलीले राजीनामा दिनै नमिल्ने हो?: वरिष्ठ अधिवक्ता न्यौपाने

3.2K

काठमाडौं- वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्याैपानेले ‌प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नपर्ने हो भन्दै प्रश्न उठाएका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा न्याैपानेले हालसम्म प्रधानमन्त्री राजीनामा गरेको भनेर कुनै धारामा नसुनिएको बताए।

उनले प्रधानमन्त्रीले राजीनामा दिएर मात्र बाँकी प्रक्रिया अगाडि बढाउनुपर्नेमा आफू पदमा रहँदा रहँदै अर्को सरकार बनाउन भन्दै राष्ट्रपतिलाई आह्वान गर्न लगाएको टिप्पणी गरे।

‘७६ (५) मा  जान प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु भयाे कि अवरुद्ध  गर्नुभयाे? पत्रकार सम्मेलन गरेर दाबी गर्दिनँ, बहुमत छैन, चलाउन मन छैन भन्ने अनि अरु भन्दा अघि आफैं जाने? यो मार्ग अवरुद्ध हाे’, उनले भने, ‘केपी ओलीमा सत्ताकाे स्वाद बस्याे अनि उहाँले छाेड्न सक्नु भएन। हालसम्म उहाँले राजीनामा गर्नु भएकाे कुनै पनि धारामा सुनिएन। उहाँले चाहिँ राजीनामा दिन नपर्ने हो?’

Advertisement

प्रधानमन्त्री ओलीको यो कार्यप्रति प्रश्न उठाउन पाइने न्याैपानेले तर्क गरे। ‘उपधारा २ राजनीतिक  दलकाे र प्रतिनिधि सभाकाे सदस्यले  उपधारा ५ अनुसार दाबी गर्ने हाे। याे बहुदलीय  व्यवस्था त हो तर, सांसदहरुकाे व्यक्तिगत स्वतन्त्रा  छैन र?’, न्याैपानेले भने।